पु.समाचार

एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाको बाह्रदशीमा कांग्रेसको अग्रता

झापा । झापाको बाह्रदशीमा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आइतबार बिहानको मतपरिणाम अनुसार सो गाउँपालिकामा नेपाली कांग्रसका अध्यक्षका उम्मेद्वारले २८२१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षले २८०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्षका उम्मेद्वारले २२३८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेद्वारले २३५१ मत प्राप्त गरेका छन् ।

उता, माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वारले १००७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेद्वारले ९४७ मत प्राप्त गरेका छन् ।

राप्रपाका अध्यक्षका उम्मेद्वारले ८८९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेद्वारले ७३३ मत प्राप्त गरेका छन् । झापा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला समेत हो ।