पु.समाचार

माओवादी केन्द्रको समूह विजयी

तुलसीपुर (दाङ), १७ असार । राप्ती गाउँपालिका–९ का वडाध्यक्षमा नेकपा(माओवादी केन्द्र) रिमबहादुर सुनारी मगर दुई सय एक मतबाट पूरै समूहसहित विजयी भएका छन् ।
महिला सदस्यमा कुवाँरीदेवी कार्की, दलित महिला सदस्यमा देउकला कामी तथा खुला सदस्यमा अलि महम्मद मियाँ र दधि बराल विजयी भएक छन् । यस वडामा मतदाता पाँच सय ८३ रहेकामा चार सय ५७ मत खसेको थियो ।

राजपुर– १, २ र ६ मा माओवादी केन्द्र 
राजपुर गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका विष्णुबहादुर बुढाको समूह नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा गोमा अधिकारी, दलित महिला सदस्यमा केशमाला सुनार तथा खुला सदस्यमा शिउप्रसाद चौधरी र रामबहादुर सुनार विजयी भएक छन् । मतदाता एक हजार छ सय ५९ रहेकामा एक हजार एक सय ५९ मत खसेको थियो ।

राजपुर–२ मा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको समूह नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार तथा खुला सदस्यमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका हुन् । कुल मतदाता दुई हजार ६४ रहेको सो वडामा एक हजार पाँच सय ९५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राजपुर गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रकै श्यामबहादुर रोकाको समूह नै विजयी भएको छ ।त्यस्तै महिला सदस्यमा दिलमति वली चौधरी, दलित महिला सदस्यमा सन्ध्या नेपाली तथा खुला सदस्यमा रामवेलासु चौधरी र सुरेन्द्रकुमार रोका विजयी भएक छन् । मतदाता एक हजार ५३ रहेको सो वडामा आठ सय ३४ मत खसेको थियो ।

शान्तिनगर गाउँपालिका–१ मा माओवादी केन्द्रका जङ्गबहादुर पुनको समूह नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक तथा खुला सदस्यमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन् । मतदाता एक हजार सात सय ३८ रहेको सो वडामा एक हजार तीन सय ५२ मत खसेको थियो ।

शान्तिनगर–७ मा सोही दलका पिमलाल वलीको समूह नै विजयी भएको छ त्यस्तै महिला सदस्यमा सुभद्रा भण्डारी, दलित महिला सदस्यमा दुर्गा विक तथा खुला सदस्यमा राजेश चौधरी र बुद्धिराम चौधरी विजयी भएका हुन् । मतदाता दुई हजार एक सय २९ रहेको सो वडामा एक हजार पाँच सय ८८ मत खसेको बताइएको छ ।