राजनीति

लालकिल्ला तोड्दै अर्थमन्त्रीको जिल्ला भोजपुर र अरुणमा काँग्रेस विजयी

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले  विजयीभएका छन् ।

गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छन् । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत ल्याएका छन् ।

अरुण गाउँपालिकामा काँग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा काँग्रेसकी विनिता ढकाल विजयी भएका छन् । हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका छन् ।

यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भएका छन् । आमचोक गाउँपालिकामा भने नेकपा(माओवादी केन्द्र)का अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएका छन्। अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको थियोे ।