राजनीति

बिराटनगर महानगरमा मेयर–उपमेयर दुबै १० हजार मतान्तरले काँग्रेसले जित्ने देखियो

बिराटनगर । प्रदेश नम्बर १ को राजधानीको रुपमा हेरिएको पुरानो शहर बिराटनगर महानगरमा मतगणनाको सुरुवातीदेखि नै काँग्रेसका भीम पराजुली अगाडी देखिएका छन् । पराजुलीले ३८७३ मतसहित अग्रस्थान कायम गरेका छन्. । मेयर उमेर्द्वार पराजुलीसंगै काँग्रेसकी उपमेयर उमेर्द्वार ईन्दीरा कार्कीले पनि भारी मतको अन्तरका साथ एमचालेकी उमेर्द्वारलाई पछिपारिरहेकी छिन् ।

काँग्रेस उमेर्द्वार पराजुलीको ३८७३  मत छ भने एमालेका उमेर्द्वार विनोद ढकालको २७७२ मत छ । काँग्रेस उपमेयर उमेर्द्वार ईन्दीरा कार्कीको ३३५१ मत छ भने एमाले उमेर्द्वारको १५३६ मत छ फोरम र माओबादी गठबन्धनको पनि तेस्रो स्थानमा बलियो मत देखिन्छ । उक्त गठबन्धको मेयर उमेर्द्वार उमेश यादबले २१३१ मत ल्याएका छन् भने उपमेयर उमेर्द्वार नमिता न्यौपानेले १६१३ मत ल्याएका छन् ।

बिराटनगरका क्षेत्र नम्बर ५, ६ र ७ तिनै वटा जित हाँशिल गरेको काँग्रसले उक्त महानगरमा विजयी हाँशिल गर्नु काँग्रेसका लागी प्रतिष्ठा बचाउने बाध्यता देखिन्छ भने एमालेलाई काँग्रेसको किल्ला तोड्नुपर्ने लक्ष देखिन्छ । काँग्रेसका उमेर्द्वारहरुलाई फुटाउन एमालेले स्थानीय स्तरबाट प्रयत्न गरेपनि काँग्रेसबाट मेयरका आकाँक्षीहरु माननीय अमृत अर्याल, डा. डीला संग्रौला, विश्वनाथ उपाध्याय सबै एक भएर मत माग्न हिंडेपछि भीम पराजुलीले विजय हाँशिल गर्ने अनुमान सूरुमा नै लगाईएको थियो ।

तलमात्र होईन माथी शेरबहादुर, रामचन्द्र पौडेल र कृष्ण सिटौला टिम काँग्रेसले काठमाण्डौ हारेको कारणको समिक्षा गर्दै कुनै हालतमा काँग्रेस जिताउने प्रयासमा लागेको शीष नेताहरुले बताएका थिए ।

बिराटनगरलाई राजनीतिक बृतमा कोईरालाको बिराशत मानिदै आएपनि उक्त पार्टीका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले बिराटनगर कोईरालाको भन्दापनि काँग्रेसको बिराशत भएके बताउदै आएका छन् ।

अहिले सम्मको मतगणना परिणाम प्रतिशत हेर्दा ८० हजार मत खसेको बिराटनगरमा भीम पराजुलीले १० हजार मतको अन्तरले वियी हाँशिल गर्ने सम्भाबना देखिन्छ, उपमेयरमा पनि काँग्रेसकी ईन्र्दीरला कार्कीले सो भन्दा बढी मतले जित्ने देखिन्छ ।

१० हजार मतले जितेभने पराजुलीले कोईरालाको बिराशत होस, या काँग्रेसको बिराशत वा काठ्काण्डौको काँग्रेस हारको परिपूर्ति जे होस त्यो काँग्रेस कार्यकर्तालाई खुसी बन्ने माद्यम बन्न सक्छ ।

पराजुलीलाई जिताउन डा. शेखर कोईराला, महेश आचार्य, डा.मीनेन्द्र रिजाल, बिमलेन्द्र निधि, अमृत अर्याल, डा.डीला संग्रौला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायत शीष नेताहरुले आफ्नो शक्ती प्रयोग गरेका देखिन्थ्यो । एमालेले पनि शक्ती प्रयोग नगरेको होईन अध्यक्ष ओलीले बिराटनगरमा आमसभा नै राखेका थिए मोरङ अध्यक्ष समेत रहेका विनोद ढकाललाई विजयी गराउन तर ओलीको अपबाद बाहेकामा ढकाल विजयी हुने देखिएन ।