राजनीति

छेडेदह गाउँपालिकामा काँग्रेस मेयर उपमेयर सहित विजयी

बाजुरा । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।

सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले तीन हजार ७०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले तीन हजार १०० मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा काँग्रेसकै कुन्ती साउदले तीन हजार ६७१ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले तीन हजार १२५ मत प्राप्त गरेका छन् ।

छेडेदह गाउँपालिकामा काँग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले दुई वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए।

बूढीनन्दा नगरपालिका–३ मा काँग्रेस विजयी

त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली काँग्रेस समूह विजयी भएका छन् ।

वडाध्यक्षमा काँग्रेसका रामबहादुर बोहराले ५०७ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मनबहादुर रोकायाले ४५३ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा सदस्यमा काँग्रेसका कपुर विक, गगनबहादुर रोकाया, अम्बिका बोहरा र रिउली ल्वार विजयी भएको निर्वाचन अधिकृत नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।