राजनीति

सुनसरीमा कांग्रेसको प्यानलै विजयी

सुनसरी । सुनसरीको बराह नगरपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । एमालेको गढ मानिने बराहमा नेपाली कांग्रेसका वडा नम्बर १ का अध्यक्षका उम्मेद्वार सुरेश श्रेष्ठ लगायत विजयी भएका हुन् ।

अध्यक्षका उम्मेद्वार श्रेठले ११५९ मत प्राप्त गरेका छन् भने एमालेका  अध्यक्षका उम्मेद्वार खड्ग कट्वालले ८४१ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका उम्मेद्वारले ३२९ मत प्राप्त गरेका छन् ।

बराह नगरपालिकाका कांग्रेस तर्फका मेयरका उम्मेद्वार बाबुरा विष्ट अग्रस्थान रहेका छन् भने कांग्रेसकै उपमेयरका उम्मेद्वार पुजा धामी भारी मतान्तरमा अग्रस्थानमा रहेकी छन् ।