पु.समाचार

यस्तो छ दोश्रो चरणको निर्वाचनको अधिकांश तहको अहिलेसम्मको मत परिणाम

काठमाण्डौ । बुधबार सम्पन्न दोश्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका महानगर, नगर र गाउँपालिकाको मतपरिणाम आउने क्रम जारी रहेको हो । भर्खरै प्राप्त मतपरिणाम अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ मा कांग्रेसको प्यानलनै विजयी भएको छ । त्यहाँ कांग्रेसका विष्णुप्रसाद बस्यालले १ हजार १ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिदन्द्धी एमाले उम्मेद्वारले १ हजार मत प्राप्त गरेका छन् । त्यस्तै मोरङको उर्लाबारी नगरपालिकाको मतपरिणाम पनि प्राप्त भएको छ । उर्लाबारीमा नेपाली कांग्रेसका मेयरका उम्मेद्वार ३४७ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले २६९ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका उम्मेद्वारले ४३१ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले ४४८ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका मेयर र उपमेयरका उम्मेद्वारले १६४ र १९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, मोरङकै बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस प्रमुखका उम्मेद्वारले ३९९ मत प्राप्त गरेका छन् भने एमालेका प्रमुखका उम्मेद्वारले ४०७ मत प्राप्त गरेका छन् । त्यस्तै मोरङकै विराटनगर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वार भीम पराजुलीले १५२ र एमालेका मेयरका उम्मेद्वार विनोद ढकालले ९७ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका उपमेयरका उम्म्द्वार इन्दिरा कार्कीले ११५ मत प्राप्त गरेकी छन् भने लोकतान्त्रिक फोरमका उपमेयरका उम्मेद्वार ५७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उपमेयरका उम्मेद्वारले ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, फोरम लोकतान्त्रिकका उम्मेद्वारले १०० मत प्राप्त गरेका छन् । त्यस्तै मोरङकै ग्रामथान गाउँपालिकामा कांग्रेसले लिड गरिरहेको छ । उक्त गाउँपलिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेद्वारले १८१ र उपउप्रमुखले १६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका प्रमुख र उपप्रमुखका उम्मेद्वारले १४२ र १४५ मत प्राप्त गरेका छन् । त्यस्तै फोरम लोकतान्त्रिकका उम्मेद्वारले १२९ र १४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै,ताप्लेजुङको फुङलिङ नगरपालिकामा एमाले मेयरका उम्मेद्वारले ८८२ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले ६७० मत प्राप्त गरेका छन् । त्यस्तै,नेपाली कांग्रेसका मेयरका उम्मेद्वारले ५६७ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले ६७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा एमालेका मेयरका उम्मेद्वारले ३१८ मत प्राप्त गरेका छन् भने उपमेयरका ३१३ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका मेयरका उम्मेद्वारले २४० मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले २४२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेद्वारहरुले क्रमसः १७२ र १३९ मत प्राप्त गरेका छन् । त्यस्तै,सो नगरपालिकामा राप्रपाका उम्मेद्वारले ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाको रुपमा रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले भारी मतले अग्रता हासिल गरेको छ । सो गाउँपालिकामा कांग्रेसका प्रमुखका उम्मेद्वारले २५३५ मत प्राप्त गरेका छन् भने उपप्रमुख २५९५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका प्रमुखका उम्मेद्वारले १२८६ मत प्राप्त गरेका छन् भने उपप्रमुखका उम्मेद्वारले १२३१ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका प्रमुखका उम्मेद्वारले ८३७ मत प्राप्त गरेका छन् भने उपप्रमुखका उम्मेद्वारले ६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, डडेल्धुराकै अमरगढी नगरपालिकामा एमालेका अग्रता देखिएको छ । एमालेका मेयरका उम्मेद्वारले २५२३ मत प्राप्त भएको छ भने उपमेयरका उम्मेद्वारले २४७२ मत प्राप्त गरेका छन् । कांग्रेसका मेयरका उम्मेद्वारले २५०४ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले २२१५ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेद्वारहरुले २५४ र ५३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै डडेल्धुराकै परशुराम नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेद्वारले ७०४ मत प्राप्त गरेका छन् भने कांग्रेसका मेयरका उम्मेद्वारले ६३४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका मेयरका उम्मेद्वारले ४१४ मत प्राप्त गरेका छन् ।

उता, कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता देखिएको छ । उक्त नगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वारले ७१८ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका मेयरका उम्मेद्वारले ६९० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका मेयरका उम्मेद्वारले १६१ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका मेयरका उम्मेद्वारले १४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिकामा एमालेका प्रमुखका उम्मेद्वारले ३५८ र उपप्रमुखले ३६८ मत प्राप्त गरेका छन् भने कांग्रेसका प्रमुखका उम्मेद्वारले २३५ र उपप्रमुखका उम्मेद्वारले २१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, इटहरी उपमहानगरपालिकामा काँग्रेसका रोहित प्रशाईले अग्रता कायम गरेका छन् । सुनसरीको ब्यापारिक केन्द्र मात्र नभएर पूर्वबाट राजधानी जोड्न महत्वपूर्ण अर्थ राख्ने ईटहरीमा एमालेका जिल्ला अध्यक्ष समेत रहेका द्वारिका चौधरीलाई पछाडि धकेल्दै रोहित प्रशाईले अग्रता कायम गरेका हुन् । कांग्रेसका रोहित प्रशाईको मत ७६९ पुगेको छ छ भने चौधरीको ६३६ मत कायम रहेको छ ।

उपमेयरमा पनि काँग्रेसकी बिमला ढकालको ७८९ मतले अग्रस्थानमा छिन् भने एमालेकी लक्ष्मी गौतम ५९८ मत सहित ढकाललाई पछ्याउदैछिन् । ७७ हजार मत खसेको ईटहरीमा मत गणना सम्पन्न हुन भने एक हप्ता लाग्ने अनुमान निर्बाचन अधिकृतले लगाएका छन् । इटहरीलाई एमालेले ०६४ साल र ७० सालको संबिधानसभा निर्बाचनमा नेकपा एमालेले विजयी हाशिल गरेको थियो । त्यस्तै, धरान उपमहानगरपालिकाको भर्खरेको मत परिणाम पनि प्राप्त भएको छ ।

धरानका कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईले अग्रता कायम गरेका छन् । राईले १४१ मत प्राप्त गरेका छन् भने एमालेका मेयरका उम्मेद्वारले ६१ मत पप्त गरेका छन् । त्यस्तै माओवादीका मेयरका उम्मेद्वारले २९ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका उपमेयरका उम्मेद्वार १४० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वारले ६६ मत प्राप्त गरेका छन् । त्यस्तै माओावादीका उपमेयरका उम्मेद्वारले ४ मत प्राप्त गरेका छन् ।