पु.समाचार

रुपाकोट-मझुवागढी र साकेलामा काँग्रेसको प्यानलै विजयी, लालकिल्ला तोडियो

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका– ११ मा नेपाली काँग्रेसका समूह विजयी भएका छन् । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र राईले ३३४ मत प्राप्त गरेर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुरेशकुमार तामाङले ३१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक हजार ३४९ मत खसेको उक्त वडाका सदस्यहरुमा काँग्रेसका उम्मेदवार नै विजयी भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिएका हुन् ।

यसैगरी, साकेला गाउँपालिकाको वडा नम्बर– १ बाझेच्यानडाँडामा नेपाली कांग्रेसले विजयी प्राप्त गरेको छ । कांग्रेसका वडा उमेद्वार भलाकाजी गुरुङले ३८७ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् ।

नेकपा एकालेलेका शिव वस्नेतले ३०७ मत प्राप्त गरेर दोस्रो र माओवादीका डगुनन्द राईले २२७ मत प्राप्त गरेर तेस्रो भएको छ ।