राजनीति

 भाग्यमानी भएकाले देउवाले मतदान गरेको वाडमा काँग्रेसको प्यानलै विजयी, ओलीको वाडमा एमालेले किन हार्यो !

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा जन्मिएको डडेलधुराको गन्यापधुरा गाँउपालिका वडा नम्बर १ मा काँग्रेसको प्यानल नै विजयी भएको छ ।

मुलुकको सबैभन्दा ठूलो दलको प्रमुख भएका कारण अधिकाँस समय काठमाण्डौस्थीत बुढानिलकण्ठ स्थीत घरमा रहेपनि मतदान गर्न प्रधानमन्त्री देउवा आफ्नो गाँउ गएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाबाट मतदाता नामावली भक्तपुर सारेका थिए, उनले पहिलो चरणको निर्बाचनमा भक्तपुरबाट मतदान गरेका थिए । प्रधानमन्त्री देउवाले आफ्नो जन्मस्थानलाई अत्यन्तै माया गर्ने भएकोले मतदान केन्द्र नसारेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ, त्यही भएर उनले मतदान केन्द्र सारेनन् । देउवा भाग्यमानी भएका कारण उक्त वडामा जितेको बताईन्छ ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पूर्वप्रधानमनत्री ओलीले मतदान गरेको वाड भक्तपुरमा एमालेले हारेको भएपनि देउवाको वाडमा काँग्रेस प्यानलै जित्न सफल भएको छ ।

उक्त गाँउपालिकाको वाड नम्बर १ मा चेतराज भट्ट भारी मतका साथ विजयी भएका छन् । भट्टले ९१५ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्दी रामचनद्र जोशीले ३८६ मत प्राप्त गरेका छन् ।

खुल्लातर्फ सदस्यहरुमा हरिसिंह देउवा, खेमराज अवस्थी विजयी भएका छन् भने दलितमा टुकिरी कामी र महिलामा कौशिला देउवा विजयी भएका छन् ।