पु.समाचार

देउवाको किल्ला मेमौलीमा मेयर र उममेयर दुबैमा काँग्रेसको अग्रता, जित कन्फर्म

काठमाण्डौ । नेपाली काँग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्रभाब कायम रहेको जिल्ला बैतडीको मेमौली नगरपालिकामा काँग्रेसले मेयर र उपमेयर दुबैमा अग्रता कायम गरेको छ । काँग्रेसका मेयर उमेर्द्वार कृष्णसिंह नायक एक सय १५ मतका साथ अग्रस्थान कायम गरेका छन् भने एमलेका जगदीश नायकले ८० मतका साथ काँग्रेस उमेर्द्वारलाई पछ्याईरहेका छन् ।
माओबादीका भीमबहादुर चन्द ४२ मतका साथ तेस्रो स्थानमा छन् ।

उपमेयरमा पनि काँग्रेसकी राधा ओझा ८५ मतका साथ अग्रस्थानमा छन् । एमालेकी मानमती भट्टको ७९ मत छ । तेस्रो अग्रतामा माओबादीकी केतु चन्द देखिएकी छिन् ।

पहिलो पटकको मतगणना परिणाम सार्बजनिक भएको हुंदा यसैको जित हुन्छ भन्ने अवस्था भने नभएको सुर्यखबर प्रतिनिधिले बताएका छन् । तैपनि , उक्त नगरपालिकामा काँग्रेस उमेर्द्वारको विजयी शुनिश्चित भएको बताईन्छ ।