पु.समाचार

दोलखामा भीषण पहिरो २ जनाको मृत्यु

दोलखा । भीषण बर्षापछि गएको पहिरोले दोलखामा दुईजनाको ज्यान गएको छ । दुईजना बालिका करिब तीनसय मिटर लामो पहिरोमा हराइरहेका छन् । भीमेश्वर नगरपालिका— ९ लाकुरीडाँडास्थित डाँडागाउँनजिक कुतकुटेमा बुधबार बिहान करिब १ बजे पहिरोसँगै घर बगेपछि सुतिरहेका १२ वर्षीया सन्तोषी थामी र १४ वर्षीया रोशनी हराएको उनका बुबा मंगले थामीले बताए ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, बुधवार अपरान्हसम्म फेला नपरेपछि उनीहरु दुवै जीवित रहने आशा हराउँदै गएको आफन्त अम्बरमान थामीले बताए ।

मंगलेको ३५ वर्षीया श्रीमती शान्ती थामीको शव भने घरभन्दा करिब पाँचसय मिटर तल क्याङथली खोलाको किनारमा बुधबार बिहान फेला परेको छ ।

गाउँले र प्रहरी मिलेर खोजी गर्दा अर्कोघरमा एक्लै बस्दै आएकी ७९ वर्षकी लाटी थामीको शव घरभन्दा केही तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको त्यहााकी वडा सदस्य किरण वलीले बताइन् ।