समाचार

दोलखामा पहिरोले घर बगायो, एक जनाको मृत्यु, तीन जना बेपत्ता

दोलखा । दोलखामा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ । मंगलबार राति साढे १ बजे गएको पहिरोमा तीनजना सम्पर्कबिहीन भएका छन् । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ को लाकुरीडाँडाको कुतकुतेमा पहिरो जाँदा एकै घरका तीनजना परेका हन् ।

मंगले थामीको घर बगाउँदा उनकी ४० बर्षिया श्रीमती शान्ति थामी, १५ वर्षिया छोरी रोशनी थामी र १२ वर्षिया छोरी सन्तोषी थामी पहिरोमा परेका प्रहरीले जनाएको छ ।

दोलाखाका प्रहरी नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार शान्तिको शव भेटिएको छ । उनका दुई छोरी र छिमेकी ७० वर्षिया लाटी थामीको खोजी भइरहेको छ ।