मनोरञ्जन

अभिनेत्री निशा अधिकारीको बिहेको लगन जुर्यो

काठमाण्डौ । अभिनेत्री निशा अधिकारीको नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरसँग बिहे गर्ने भएकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशा र शरदको विवाह यही असार १६ गतेलाई तय गरिएको छ ।

गत बर्षमात्र उनीहरुको ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । यो खबरसँगै उनीहरु सँगैं सार्वजनिक रुपमा देखिएका थिएनन् । पछिल्लो समय चलचित्र झ्यानाकुटी मार्फत निमात्री बनेकी निशा हाल पोखराकी कान्छी नामक चलचित्रमा काम गरिरहेकी छिन् ।