पु.समाचार

प्रधानमन्त्री देउवाको नामसँग मिल्ने ९ वटा नाम !

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् ।