राजनीति

मोरगं र सुनसरीका अधिकाँस तह काँग्रेसले यसरी जित्दैछ, एमाले चौतर्फी घेराबन्दीमा

इटहरी । नेपाली काँग्रेसले सुनसरी र मोरगंमा आफ्नो जित शुनिश्चित हुने दावी गरेको छ । बिराटनगर महानगर, धरान र ईटहरी उपमहानगरसहितका प्रदेश नम्बर १ का प्रमुख तहहरुमा आफ्नो पकड रहेको दाबी गर्दै उक्त पार्टीले आफ्नो जित हुने दावी गरेको हो ।
आईतबार निर्बाचनको आगी पार्टीद्वारा गरिएका बिभिन्न कार्यक्रममा बोल्दै काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले उखान टुक्काले देश नचल्ने हुंदा नेपाली काँग्रेसलाई जनताले मतदान गरेर जिताउने कुरामा कुनै शंका नभएको बताएका छन् ।

पूर्व अर्थमन्त्री एबम् केन्द्रीय सदस्य महेश आचार्यले काँग्रेसले कम बोल्ने र बढी काम गर्ने हुंदा जनताले काँग्रेसलाई मतदान गरेर जिताउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

पूर्व संचारमन्त्री एबम् नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले काँग्रेस नै जनताको विश्वासिलो र एकमात्र भरपर्दो पार्टी भएकोले उक्त पार्टीलाई मतदान गरि विजयी गराउने कुरामा आफूलाई शंका नरहेको बताईएको छ ।

बिराटनगरमहानगरमा युवा नेता भीम पराजुली मेयरका उमेर्द्वार छन् भने ईटहरीमा रोहित प्रशाई र धरानमा तिलक राई उमेर्द्वार रहेका छन् ।

सोमबारबाट निर्बाचन आयोगको मौन अबधी भएकोले प्रदेश नम्बर १ मा चुनावी अभियानका कार्यक्रमहरु लगभग बन्द प्रायः नै छन् । ०५४ सालको स्थानीय तहको निर्बाचनमा प्रभूत्व जमाएको एमालेले खासै जनतालाई आभाष हुनसक्ने महत्वपूर्ण कार्यक्रमहरु ल्याउन नसकेकोले काँग्रेस जिल्ला नेतृत्व समेत सुनसरी र मोरगंका अधिकाँस तहहरुमा आफ्नो जित हुने कुरामा विश्वस्त छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने आफ्नो पुरानो साख भएका कारण काँग्रेसको जस्तो मत माग्ने कार्यमा सकृय नदेखिएको स्थानीय जनता बताउछन् ।

साझा पार्टी र विवेकशीलले पूर्व क्षेत्रमा एमाले हराउ अभियानमा लागेका कारणबाट एकालेलाई धेरै नै अप्ठ्यारो पर्ने आँकलन राजनीतिकबृतमा चल्ने गरेको छ । काठमाण्डौबाट काँग्रेसका मेयर उमेर्द्वार राजुराज जोशीलाई हराएर झापा छिरेकी दर्शना जसरी पनि के पी शर्मा ओलीको झापा क्षेत्रलाई एमालेमुक्त गर्ने अभियानमा लागेकी छन् । उक्त पार्टीले आफ्ना उमेर्द्वारहरुले जित्ने आशा नगरेपनि बलियो शक्तीलाई समाप्त पार्ने कुरामा महत्वपूर्ण भूमिका खेल्ने आँकलन गर्न सकिन्छ ।

काँग्रेसमा स्थापीत भएको देउवा, पौडेल र सिटौला सबै पक्षले यसपटक बिगतको हारलाई समिक्षा गर्दै गुटबन्दीबिहीन राजनीतिक चरित्र देखाएका कारण पनि काँग्रेसका लागी दोस्रो चरणको निर्बाचनमा आशातीत प्रतिफल हात लाग्ने देखिन्छ ।  बिगतमा पकड भएका कारण बृद्धभत्ता वितरण गर्ने योजना बाहेक अन्य केहीपनि दिन नसकेकोले पछिल्लो समयमा एमाले जनताबाट घेराबन्दीमा परेको छ । सुनसरी र मोरगंमा माओबादी केन्द्र र अन्य मधेशबादी दलहरुको खासै प्रभाब शून्यप्राय छ ।