राजनीति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो चरणको निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले मन्त्री परिषदको बिहीबारको निर्णय अनुसार आइतबार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।

संविधानको धारा ६६ (२) अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनको लागि स्वीकृति दिएकी हुन् ।

सरकारले तय गरेको स्थानीय तहको निर्वाचन सुरक्षा योजना अन्तर्गत अन्य सुरक्षा निकायहरुसँगको समन्वयात्मक भूमिकामा सेना परिचालन हुने राष्ट्रपति कार्यालयद्वारी जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।