भीमदत्तनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनले जनतालाई अझ बढी सर्वशक्तिमान् बनाउने बताएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज आयोजित नेपाली काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले नगरपालिका र गाउँपालिकाको चुनाव जनतालाई बलियो बनाउने चुनाव रहेको बताएका छन् ।
चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक कञ्चनपुर आउनुभएका प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले जहिले पनि जनतालाई मालिक र सार्वभौमसत्ता सम्पन्न मान्दै आएको बताउँदै धेरैपछि हुन लागेको निर्वाचन उत्साहबर्धक छ भने ।
नेपाली काँग्रेसले विसं २००७ मा राणा शासन हटाएर जनताको अधिकारी ल्याउनदेखि राजा हटाएर गणतन्त्र ल्याउनेसम्मको काम गरेको बताउँदै प्रधानमन्त्री देउवाले भने “जनतालाई मालिक मान्ने र प्रजातान्त्रिक पार्टी काँग्रेसबाहेक अरु छैनन् । ”