समाचार

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ बेपता

चितवन । गएराती मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको पहिरोले प्रहरीको भ्यान पुरिदा २ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई प्रहरीको अवस्था अज्ञात रहेको जनाइएको छ ।  राती सो सडक खण्डमा पहिरो गएको सुचना पाएलगत्तै त्यसको अवस्था बुझ्न निस्किएको प्रहरी टोली आफै पहिरोमा परेको हो ।

प्रहरीको ना १ झ ९३ नम्बरको भ्यानलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोमा परेका २ प्रहरीको शव निकालिएको र २ जना बेपता भएको जनाइएको छ । सोही स्थानमा अर्को ना ५ ख ७८२७ नम्बरको ट्रक समेत पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

प्रहरी भ्यानमा प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङ,प्रहरी जवानहरु सन्दीप कार्की, दीपक मास्के र लीलबहादुर चेपाङ रहेका थिए ।