राजनीति

बागी उमेर्द्वारप्रति नेपाली काँग्रेस आक्रमक, साधारण सदस्यबाट निलम्बन हुने संकेत

काठमाण्डौ । नेपाली काँग्रेसले पहिलो चरणमा जेठ ३१ गते बागी उमेर्द्वारलाई कारबाही गरेको इतिहास दोहोर्याउदै पार्टीको बिधान अनुसार दोस्रो चरणको निर्बाचनमा समेत बागी उमेर्द्वारलाई साधारण सदस्यबाट निलम्बन गर्ने तयारी गरेको छ । उक्त तयारी अनुसार वडादेखी जिल्ला तहसम्मका बागी उमेर्द्वारहरुको नामावली पठाउन आग्रह गेको छ ।

बिहीबार एक वित्रप्ती जारी गर्दै काँग्रेसले उक्त कुरा जनाएको छ । अब भने काँग्रेसले बागी उमेर्द्वारहरुलाई पुनः पार्टीभित्र भित्र्याउने सम्भाबना नरहेको पार्टीले जारी गरेको कडा विज्ञप्तीबाट अनुमान लगाउन सकिन्छ ।

विज्ञप्तीमा भनेको छ, “२०७४ आषाढ १४ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता वागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ ९११० (ख) अनुसार २०७४ आषाढ ७ गतेदेखि पार्टीबाट स्वतः निस्कासित भएको जानकारी गराइन्छ । साथै, नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई असहयोग हुने क्रियाकलापमा संलग्न रहेको प्रमाणीत भएमा त्यस्ता व्यक्तिहरुको नामावली पार्टीका विभिन्न तहका कार्यसमितिहरुले जिल्ला कार्यसमिति मार्फत् नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तत्काल पठाउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ ।”