अन्तर्राष्ट्रिय

अमेरिकी र इराकी सेनाको दाबी: मोसुलको ऐतिहासिक मन्दिर ध्वस्त

एजेन्सी । इस्लामिक स्टेट जिहादी संगठनले इराकको ऐतिहासिक अल-नुरी मस्जिद र यसको शताब्दीऔँ पुरानो मिनारलाई ध्वस्त बनाइदिएको अमेरिकी र इराकी सेनाले जनाएका छन् ।

तीन वर्षअघि आफ्नो शासन क्षेत्र घोषणा गरेपछि इस्लामिक स्टेटका नेता अबु बकर अल-बग्दादी उक्त मस्जिदमा सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।

आकाशबाट लिइएका तस्वीरहरुमा उक्त मस्जिदको अधिकांश हिस्सामा क्षति पुगेको र मस्जिद भित्रको स्तम्भ ढलेको देखिएको छ ।
इराकी प्रधानमन्त्री हैदर अल अबादीले उक्त मस्जिदलाई भत्काएर इस्लामिक स्टेटले आफ्नो पराजय स्वीकार गरेको बताए ।