पु.समाचार

भारतले फेरि चाल्यो नेपालविरुद्ध अर्को कदम

काठमाण्डौ । भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

बिहीबारको नागरिकमा लेखिएको छ, ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए । सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले एक्स्प्लोसिभु विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन ।