पु.समाचार

दरबारले बुद्धि नपु¥याएका कारण दुःख पाएको अध्यक्ष दाहालको ठोकुवा

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया नेपाल र नेपाली माझ हुनुपर्ने  बताएका छन् ।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहको शान्ति प्रक्रियामा भुमिका हुनुपर्नेमा राजा ज्ञानेन्द्रले उक्त अवसरको सदुपयोग गर्न नसक्दा विदेशी भुमिमा हुन पुगेको बताए ।

उजिर मगरको अंश नामक पुस्तक विमोचन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले शान्ति प्रक्रियामा आउनको निमित्त पूर्व राजा ज्ञानेन्द्रसँग वार्ता गर्न चाहे पनि त्यसो हुन नसकेको भनाई राखे ।

शान्ति प्रक्रियामा आउनका लागि आफूहरुले हरसम्भव प्रयास गरेको भन्दै त्यसका लागि एमाले सँग छलफल अघि बढाइएको बताए । एमाले र माओवादीबीच भएको सहमति अनुसार छिमेकी मुलुक भारतमा १२ बुँदे सम्झौता गर्ने तय गरिएको स्पष्ट पारे ।

उनले जनयुद्ध चाहाना नभएको बताए ,त्यसैले जनयुद्धमा क्षति नहोस् भन्ने हेतु अनुरुप शान्ति वार्तालाई आफुले सदैव प्राथमिकतामा राखेको बताए ।

पुस्तक विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट सम्पादकहरु युवराज घिमिरे ,नारायण वाग्ले, गुणराज लुईटेल नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा तथा पत्रकार गोविनद आचार्य लगायतले पुस्तकलाई लिएर आफनो भनाई राखेको थिए ।