आर्थिक

एन आई सीको थप शाखा घोराहीमा

काठमाण्डौ । एन आई सी एशिया बैंकको ९२ औं शाखा दाङ्ग जिल्ला स्थित घोराहीमा सोमबार एक समारोहका बिच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेद्वारा विधिवत् समुद्घाटन सुसम्पन्न गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

अन्तिम समयमा बैंकले जनतालाई बैंकसंग पहुंच पुर्याउन सहजहुनेगरी आफ्ना साखाहरु बिस्तार तीब्र पारेको छ ।