राजनीति

मरिलानु के छ र, कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु !

काठमाडौँ । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ ।

प्यु प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको हो ।

कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । सञ्चारकर्मी लम्सालका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको शुक्रबार मृत्यु भएको हो ।

पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरिसक्नुभएको छ । उहाँले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको सफल आरोहण गरिसक्नुुभएको थियो ।