अन्तर्राष्ट्रिय

अमेरिकी युद्धपोतबाट सात जना बेपत्ता

एजेन्सी । जापानको पूर्वी तट पारी एक अमेरिकी युद्धपोत फिलिपिनी मालवाहक जहाजसँग ठक्कर खाँदा अमेरिकी युद्धपोतमा सवार सात सदस्य हराइरहेका छन्। अमेरिकी जलसेनाले बीबीसीलाई बताएअनुसार जहाजहरु ठोक्किएपछि अमेरिकी जहाजका कमाण्ड सम्हालिरहेका एक अधिकृत र अन्य दुईजना घाइते भएका छन् ।

उनीहरुलाई एक जापानी हेलिकोप्टरले उद्धार गरेको छ। ठक्कर खाएपछि यूएसएस फिज्जेराल्डु नाम गरेको आक्रमणमा प्रयोग गरिने युद्धपोतमा ठूलो क्षति पुगेको र जहाजभित्र पानी छिरेको बताइएको छ।