राजनीति

प्रचण्डको गृहजिल्ला पुगेर संबिधान संसोधनबिना चुनाव हुन नदिने राजेन्द्र महतोले दिए यस्तो धम्की

चितवन । राष्ट्रिय जनता पार्टीका नेताले सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दा आफूहरुसँग सल्लाह नगरेको बताएका छन् ।

स्थानीय तहको जनसङ्ख्याका आधारमा पुनरावलोकन नगरेसम्म आफूहरु निर्वाचनमा नजाने उनीहरुले बताए । नवलपरासीको परासीमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्न आज चितवन आइपुगेका राजपाका नेताले यहाँ पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन ।

राजपाका नेता राजेन्द्र महतोले आफूहरु र सरकारसँग निर्वाचन सार्ने विषयमा कुनै किसिमको सहमति नभएको भन्दै झापादेखि कञ्चनपुरसम्म एउटै समयमा निर्वाचन गर्नुपर्ने बताए।
सरकारले मधेस विभाजनको खेल खेलेको आरोपसमेत उनले लगाए ।
संविधानमा देखिएको त्रुटिलाई समाधान नगरेसम्म मधेसमा निर्वाचन हुन नदिने उनले बताए ।
अर्का नेता महन्त ठाकुरले निर्वाचन स्थगित गरेर मात्रै समस्या समाधान नहुने भन्दै अहिले दोस्रो चरणको निर्वाचनको वातावरण नबनेको बताए । सरकारले वातावरण बनाउने काम गरोस् आफूहरु निर्वाचनमा जान तयारछौ तर अहिलेको अवस्थामा होइन उनको भनाई थियो ।