राजनीति

मोरङमा थप आक्रमक बन्दै कांग्रेस, यसरी कब्जा हुँदैछन् एक दर्जनभन्दा बढी स्थानीय निकाय !

मोरङ । नेपाली कांग्रेसको ऐतिहासिक स्थल मोरङ जिल्लामा सो पार्टीले स्थानीय चुनावमा उठ्ने आफ्ना उम्मेद्वारहरुको नाम टुंग्याएको छ । बुधबार कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मोरङ जिल्लाका सबै महानगर, नगर र गाउँपालिकाका उम्मेद्वारहरुको नाम टुंग्याएको हो ।  पूर्वकै प्रभावशाली महानगरपालिका विरानगरको मेयरमा नेता भीम पराजुलीले टिकट पाएका छन् भने उपमेयरमा इन्दिरा कार्कीले टिकट पाएकी छन् । उनीहरु दुवै विराटनगरका लोकप्रिय कांग्रेस नेता हुन् । त्यस्तै जिल्लाका सुन्दर हरैंचा नगरपालिका मेयरमा शिवप्रसाद ढकाल र उपमेयरमा विन्दा दाहाल (थापा)ले टिकट पाएकी छन् ।

त्यस्तै,रंगेली नगरपालिकाको मेयरमा मोदराज घिमिरे, उपमेयर राधिकादेवी मण्डल, पथरी शनिश्चरे नगरपालिका मेयरमा गणेश खड्का र उपमेयर पेमला राई, रतुवामाई नगरपालिकाको मेयरमा रविन राई र उपमेयरमा फुलावती गोडी, लेटाङ नगरपालिकाको मेयरमा शंकर राई र उपमेयरमा शुभद्रा भट्टराई, उर्लाबारी नगरपालिकाको मेयरमा खड्ग फागो र उपमेयरमा सिता कार्की,बेलबारी नगरपालिकाको मेयरमा राजकुमार लिम्बु र उपमेयरमा रुकमणि धिमालले टिकट पाएकी छन् । त्यस्तै, कांग्रेसले मोरङका गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेद्वारहरुको नाम समेत टुंगाएको छ ।

गाउँपालिका प्रमुख र उपप्रमुखहरुमा मिक्लाजुङ गाउँपालिकाको प्रमुखमा मानबहादुर राई र उपप्रमुखमा आरती बराललाई टिकट दिएको छ भने सुनवर्सी गाउँपालिकाको प्रमुखमा कालिप्रसाद दास र उपप्रमुखमा मञ्जु राईले टिकट पाएकी छन् । धनपाल थान गाउँपालिकाको प्रमुखमा हरिलाल सिंह र उपप्रमुखमा नसिमा वानु, ग्रामथान गाउँपालिकामा कृष्णकुमार सरदार थारु र उपप्रमुखमा जयलाल सरदार थारु, कटहरी गाउँपालिका प्रमुखमा रामकुमार कामत र उपप्रमुखमा मञ्जिला सरदार, बुढीगंगा गाउपालिका प्रमुखमा जितनारायण थापामगर र उपप्रमुखमा जयमाला सरदार थारुले टिकट पाएकी छन् । त्यस्तै, जहदा गाउँपालिका प्रमुखमा जितेन्द्र साह र उपप्रमुखमा अमित हस्ता सरदार र केराबारी गाउँपलिकाको प्रमुखमा रोहित कार्की र उपप्रमुखमा कल्पना कट्वालले टिकट पाएका छन् ।

नेपाली कांग्रेसको ऐतिहासिक भूमीको रुपमा चिनिने मोरङमा चुनावी माहोल ह्वात्तै बढेको छ । नेता कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । शीर्ष पार्टीहरु कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलबीच यो जिल्लामा कडा प्रतिस्पर्धा हुने निश्चित जस्तै भएपनि कांग्रेसले विराटनगर महानगरपालिकासहित दशवटा भन्दा बढी नगर र गाउँपालिकामा विजयी हासिल गर्ने मोरङ कांग्रेसका सभापति मोतिबहादुर घिमिरले बताएका छन् । कांग्रेसका संस्थापक नेता वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मले मजदुर आन्दोलनको नेतृत्व गरेको सो जिल्ला कांग्रेसको चर्को प्रभाव रहेको जिल्लाको रुपमा चिनिन्छि । त्यसर्थ, यो निर्वाचनमा समेत कांग्रेसनै भारी मत ल्याएर विजयी हुने स्थानीय नेता कार्यकर्ता बताउँछन् ।