अन्तर्राष्ट्रिय

लण्डन टावर आगलागीमा परेर मर्नेको संख्या १२ पुग्यो

एजेन्सी । पश्चििमी लण्डनको एक बहुतले भवनमा लागेको आगोमा परि मारिनेको संख्या १२ पुगेको छ। प्रहरीले अझै त्यो संख्या बढ्न सक्ने बताएको छ। सत्तरीभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

तीमध्ये १८ जना गम्भीर अवस्थामा छन्। उत्तरी केन्जींगटनको ग्रेनफेल टावरबाट अग्नि नियन्त्रकहरुले ६५ जनाको उद्धार गरेका छन्।

प्रत्यक्षदर्शीहरुले मानिसहरु त्यहाँ फसिरहेको र कतिपयले ज्यान जोगाउने प्रयासमा झ्यालबाट हाम फालेको बताएका छन्।