राजनीति

असार १४ को चुनाव, ठूला दलहरुनै यसरी परे अन्योलमा

काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन्।  उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको असार २ गते आउन एक दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललार्इ चुनावमा समेटेर जाने या छाडेर जाने भन्नेमा अन्योलमा परेका हुन् ।

बिहीबारको नागरिकमा लेखिएको छ, संविधान संशोधनसहितका विषय र जनसंख्याका आधारमा स्थानीय तहको संख्या नबढाएसम्म निर्वाचनमा भाग नलिने राजपाको अडानपछि प्रमुख दलहरु असार १४ गतेका लागि तोकिएको निर्वाचनका विषयमा बिहीबारमात्र निष्कर्षमा पुग्ने भएका हुन्।