आर्थिक

एनसेलले ल्यायो ‘वानप्लान’ अब सुलभ दरमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक

axiata-company

काठमाडौं । एनसेलले सुलभ दरमा गुणस्तर सेवाप्रदानगर्ने आफ्नो प्रतिबद्धता बमोजिम आकर्षक साप्ताहिक ‘वानप्लान’कम्बो प्याक ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् ।

यहिबिहीबार (असार ०१) देखि लागु हुने वानप्लानप्याकएनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहककालागिमान्य हुनेछ । यसका साथ–साथै यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एप मा निःशुल्क अनलाइन गीतसंगीतको मजालिन सक्नेछन् ।

वानप्लान योजना अन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार वानप्लान १५०, वानप्लान ३०० र वानप्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् ।

वानप्लान १५० प्याकमाग्राहकले एक हप्ताको प्याक रु १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेटएसएमएस सेवाको मजालिन सक्नेछन् । त्यस्तै वानप्लान ३०० अन्तर्गत ग्राहकले रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन्् ।

त्यसैगरी, ग्राहकले वानप्लान ५०० अन्तर्गतमात्ररु ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । वानप्लान योजना अन्तर्गत कुनै पनि प्याक सुचारु गरेका ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक मानिःशुल्क अनलाइन गीतहरुको मजालिन सक्नेछन् । योण्डर म्युजिकएप १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु सहित२ करोडभन्दा बढि गीतहरु समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो ।

उल्लेखित वान प्लानप्याकका शुल्कहरु सबै कर सहित हुन् र प्याक सुचारु भएको दिन देखि एक हप्ताको लागि मान्य हुनेछ ।

‘‘डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोधनगर्नका लागि हाम्रा ग्राहकहरु माझ यीकम्बो प्याकहरु ल्याउन पाउदा हामी खुसि छौ ।यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार प्याकहरु जति पटक पनिकुनै पनि वान प्लान प्याक सुचारु गर्न सक्नेछन् ।

प्याकअन्र्तगतप्राप्त सेवाहरु एक हप्ताको समयसिमाभित्रै प्रगोग गरी सक्नुपर्नेछ । यो अफर लागु भएको दिन देखि ३० दिनको लागिमान्य हुनेछ । थप जानकारीका लागि ग्राहकले १७१२३ मा कलगर्न सक्नेछन् ।