अन्तर्राष्ट्रिय

राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा अठचालिस सांसद निलम्बनमा

लुसाका (जाम्बिया) । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ ।

राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि गरेको संसदको सम्वोधनमा प्रतिपक्षि दल यूपीएन्डीका सांसदले विरोध स्वरुप बहिस्कार गरेका थिए ।

“मैले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई ममाथि निहित कानूनी अधिकारको प्रयोग गरी ३० दिनका लागि निलम्वन गर्ने निर्णय लिएको छु,” सभामुख प्याट्रिक मातिविनीले मङ्गलबार सञ्चारकर्मीसँग बताए ।

निलम्बनमा परेका प्रतिपक्षीदल पार्टी फर युनाइटेड नेसनल डेभलपमेन्ट (यूपीएनडी) का नेता हाकुन्दे हिचिलेमाले आफ्ना सांसदविरुद्ध गरिएको कारबाहीप्रति प्रतिक्रिया दिँदै भने, “अझ पनि कसैलाई निरङ्कुश शासनका विषयमा शङ्का छ भने संसदले आफ्ना सांसदमाथि गरेको घटनाको बिष्लेषण गर्नुहोस् । ”

प्रजातान्त्रिक अभ्यासअनुसार संसदमा उपस्थित हुने नहुने आफ्नो दलको निर्णय भएको भन्दै उहाँले सांसदलाई संसदमा विरोध जनाउन अनुपस्थित भएको घटनामा कारबाही गरिनु कहाँको प्रजातन्त्र हो भनी उनले प्रश्न गरे ।

सन् १९९१ मा प्राप्त प्रजातन्त्रलाई जोगाउने बेला आएको छ र यसका लागि जाम्बियाली जनताले आफ्नो दललाई सघाउने छन्, हिचिलेमाले सञ्चारकर्मीलाई बताए । रासस/एएफपी