बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा अमृत अर्यालले उमेर्द्वारी दिने निश्चित भएका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद समेत रहेका अर्याल दुई कार्यकाल मोरङ जिल्लाको अध्यक्ष समेत रहेका थिए ।
बिराटनगरका तराई, पहाड र मधेशी जनतासंग लोक्रीय रहेका अर्यालले टिकट पाउदा ०५४ सालमा जस्तो काँग्रेसले हार नब्योहनुपर्ने आँकलनका साथ काँग्रेस सभापति देउवा सहितका नेताहरु अर्यालप्रति सकारात्मक देखिएका हुन् ।
बिराटनगर महानगरका नगर सभापति भीम पराजुलीलाई डा. शेखर कोईरालाले, विश्वनाथ रिजाललाई रामचन्द्र पौडेल, महेश आचार्य र मीनेन्द्र रिजालले र डा. डीला पन्त संग्रौलालाई मोरङ जिल्लाले उमेर्द्वार बनाउन चाहेपनि पछिल्लो समयमा काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईराला सिहत अमृत अर्यालको पक्षमा सकारात्मक भएको स्रोतको दावी छ ।
नेपाली काँग्रेसका प्रभाबशाली सभापति स्व. गिरिजाप्रसाद कोईरालासंग निकट सम्बन्ध भएक अर्याल १३ औं महाधिभेशनपछि सभापति देउवा संग नजिक छन् । अर्याल देउवासंग नजिक भएपनि महेश आचार्यसंग पनि उनको सम्बन्ध राम्रो भएको बताईन्छ ।
प्रदेश नमबर १ को एकमात्र माहानगरपालिका बिराटनगर बाहेक अन्य स्थानीय तहहरुमा काँग्रेसले उमेर्द्वारी टुंगो लगाईसकेको छ । माओबादी केनद्र र एमालेले बिराटनगरमा उमेर्द्वारी टुंगो लगाए पनि काँग्रेसले गुटबन्दीका कारण उमेर्द्वारी टुंगो लगाउन सकेको थिएन । प्रत्यक्ष निर्बाचित साँसद छोड्दा उक्त क्षत्रमा पुनः निर्बाचन गराउदा काँग्रेसलाई घाटा हुने सम्भाबना भएपनि काँग्रेस उच्च नेतृत्वले कुनैपनि हालतमा बिराटनगरलाई आफ्नो जित शुनिश्चित गराउन अर्याललाई उमेर्द्वार बनाउन लागेको काँग्रेस उच्च स्रोतको दावी छ ।
मध्यमार्गी धारमा प्रश्तुत हुने अर्याल अन्य उमेर्द्वार भन्दा बिराटनगरका लागी लोकप्रीय भएको र एमाले कार्यकर्तालाई समेत विश्वासमा लिएर मत तान्न सक्ने खुवी भएको बुझाईका कारण अर्याललाई टिकट दिने तयारी गरिएको बताईन्छ । पौडेल पक्षका केन्द्रीय सदस्य गुरुराज घिमिरेले समेत अर्यालका पक्षमा लविङ गरेका थिए ।
तीन दिनको लामो छलफलपछि बिराटनगरमा अर्याललाई टिकट दिने मनशायमा उक्त नेतृत्व पुगेको छ । अमृत अर्यालले टिकट पाएपछि एमालेका जिल्ला अध्यक्ष समेत रहेका विनोद ढकाल सेलाएको मोरङ जिल्ला एमाले स्रोतको दावी छ । माओबादी केन्द्रको भने बिराटनगरमा खासै जनाधार छैन । उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, उपेन्द्र यादबको भने जिताउन र हराउन महत्वपूर्ण भूमिका हुन सक्ने आँकलन गर्न सकिन्छ । माओबादी केन्द्रबाट भोगेन्द्र यादब मेरमा उमेर्द्वार बनेका छन् । विभिन्न पार्टीहरुको तालेमेलको समेत सम्भाबना रहेको छ ।