मनोरञ्जन

दुईदिनमै यूट्यूबमा भाईरल हुने श्रब्यदृष्य सामाग्री सहित यसरी तात्यो काँग्रेस जनतासंग मतमाग्न !

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल सांस्कृतिक संघले दोस्रो चरणको निर्बाचनमा नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्दै दुई दर्जन भन्दा बढी बिभिन्न भाषामा गीत लगायतका सामाग्री निकालेको छ । मैथेली, भोजपुरी र नेपाली भाषामा बनाईएका भिडियोहरुमा कुन कारणले नेपाली काँग्रेसलाई मतदान गर्ने भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

नेपाली जनताले बुझ्ने भाषामा निकालिएका गीतहरु फेसबुक, युट्यूव लगायतमा हेर्न सकिने साँस्कृतिक संघका बरिष्ठ उपाध्यक्ष जनार्दन आचार्य बताउछन् ।

नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडल, महामन्त्री डा. शसांक कोईराला, कोशाधयक्ष सीतादेवी यादव, भीष्मराज आगंदागंवे, पूर्ब मन्त्री एबम् काँग्रेस नेता रमेश लेखक, युवा नेता गगन कुमार थापा, श्रम मन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य फर्मुला मन्सुर लगायतले मत मागेका छन् ।

मत माग्न नाचगान समेत गरिएको भिडियोमा तीर्थ थापा, जनार्दन आचार्य, शिबशंकर रिजाल, रोशनी केशी, कविता शर्मा, कुमार गजुरेल, शैलेन्द्र चौंलगाई लगायतकाले अभिनय गरेका छन् । एमाले र माओबादी केन्द्रले पनि जनतालाई मतदानमा प्रभाव पार्न यस्ता निर्बाचन प्रसारप्रसारका सामग्री ल्याएपनि पछिल्लो समयमा काँग्रेसले उनीहरुलाई उछिनेको काँग्रेस स्रोतको दावी छ ।

सामाजिक संजाल लगायत प्रचारप्रसारमा पछाडी परेको काँग्रेसलाई जनतासम्म म्यासेज पुर्याउन यी सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने द्वन्द निर्देशक योगेन्द्र श्रेष्ठ बताउछन् । ल्याईएको भिडियो मध्ये एक भिडियो हेर्नुहोस ।