आर्थिक

२१ अर्ब राज्यको पैसा हिनामिना गरेको प्रमाण फेला परेका भ्रष्टाचारी शर्माका अझै ९९१ फाईल अनुसंधान गर्न बाँकी

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसंधान आयोगले कर फच्र्याैटमा भ्रष्टाचार गरेको आशंकामा पक्राउ गरेर हिरासतमा राखेका सहसचिब चुडामणी शर्माले २१ अर्ब भन्दा बढी भ्रष्टाचार गरेको पाईएको छ ।

अनुसंधानमा संलग्न अधिकारीले बताएअनुसार ४० अर्ब ८३ करोड रुपैयांको कर पर्यौटको निर्णय गर्दा झण्डै २१ अर्ब रुपैंयां अनाधिकृत छुट दिएको बताईएको छ । अनुसंधान र मुद्धा प्रकृयामा कानुनी जटिलता भएको बताउदै उक्त मुद्धाको छानबिन गर्न कम्तीमा ३ महिला लाग्ने बताईएको छ । अझै नौ सय ९१ फाईन अनुसंधान गर्न बाँकी छ ।

अनुसंधान गरिराखिएको १०७८ फाईल मध्ये ८७ फाईल अनुसंधान गर्दा एक करोड राजश्व हिनामिना भएके भेटिएको छ । अख्तिियारले चिठी काटेका कर फच्र्यौट आयोगका अध्यक्ष लालध्वज महत र सदस्य उमेश ढकाल फरार छन् ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगमा दीप बस्न्यात प्रमुख आयुक्त भएपछि पहिलोपटक भ्रष्ट ब्यक्तीलाई पक्राउ गरेर राम्रो काम गरेको भनी फेसबुक लगायतका सामाजिक संजालमा सामान्य जनताले दीप बस्न्यातको वाहवाही गर्न थालेपछि अख्तियारलाई जनताको ठूलो समर्थन आएको छ ।

सधैं पावरको मात्र पछि कुदेर ब्यावशायीसंग मिलेमतो गरी नारायणथानमा आलिसान रिमोटवाला घरमा आसीन भएका शर्माले न्यायधीश, अख्तियारका बरिष्ठ ब्यक्तीहरुलाई प्रभाबमा पार्न खोजेपनि कानुनले उनलाई अन्ततः छाडेन । सम्पती शुद्धिकरणमा प्रमुख हुंदा शर्माका बिरुद्ध मुद्धा लागेपनि लोकमानसिंह कार्की प्रमख भएका बेला उनलाई प्रभाबमा पारि बचेर कारबाही हुनपर्ने मान्छे बढुवा भई आन्तरिक राजश्व बिभागमा सरुवा भएका थिए ।

वखलढुंगा, सुनसरीलगायतका स्थानमा सिडिओ हुंदा पनि शर्मा कम बिबादमा थिएनन् । उनको बिबाद अब न कुनै राजनीतिक दलका नेताहरुले बचाउछन् न त कुनै शक्तीशाली ब्यक्तीले, शर्मा कानुनी कारबाहीका लागी शुक्रबार दिउसो अख्तियारको फन्दामा परिसकेका छन् ।
ब्यापारिक घरानाहरुलाई ९९ पतिशत सम्म कर छुट दिने गरेको प्रमाण भेटिएका शर्मा दुईपटक अख्तियारले हिराशतमा लिएर म्याद थप गरिसक्दा बिरामी परेको नाटक गरि बेला बेला वीर अस्पताल र नर्भिक अस्पतालमा चेकजाँच गरान गएको समाचार आएपनि अस्पतालको रिपोर्टले बिरामी नभएको देखाएको थियो ।