खेलकुद

फ्रेन्च ओपन टेनिसको उपाधि नाडालको हातमा

एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधि विश्व नम्बर चार राफायल नाडालले जितेका छन् । पेरिसमा शनिबार राति भएको फाइनलमा विश्व नम्बर तीन स्टानिसलास वावरिन्कालाई हराएर नाडालले १० औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् ।

स्पेनिस नाडालले स्वीस वावरिन्कालाई ६–२, ६–३ र ६–१ को सोझो सेटमा हराएका हुन् । योसँगै नाडाल ओपन एरामा सबैभन्दा धेरै पटक उपाधि जित्ने खेलाडी बनेका छन् ।

सेमिफाइनलमा विश्व नम्बर एक बेलायती एण्डी मुर्रेला हराएर स्थान बनाएका वावरिन्काले फाइनलमा नाडाललाई कडा चुनौती अनुमान गरिएको थियो तर उनी नाडालसामु कमजोर देखिएका थिए ।