विशेष

इटहरीमा पौडेलले, प्रशाईलाई जिताउन आह्वान नै गरेपछि, यसरी भयो एमालेलाई टाउको दुखाई !

इटहरी । पुर्बाञ्चलको दुई उपमहानगर मध्ये ईटहरीमा नेपाली काँग्रेसका तर्फबाट उमेर्द्वार बनेका रोहित प्रशाईलाई हेमकर्ण पौडेलले खुलेर सघाउने भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय नेताहरुसंगको आन्तरीक छलफल सम्बादपछि पौडेलले आफ्ना सडकमा उतारेका कार्यकर्ता तथा शुभेच्छुकहरुलाई फिर्ता गरेका छन् ।

उद्योग वाणीज्य महासंघका केन्दीय सदस्य समेत बनिसकेका प्रतिस्ठित ब्यक्ती रोहित प्रशाईले टिकट पाएपछि स्थान्ीय क्षेत्रमा कार्यकर्तामाझ भिजेका काँग्रेस नगर सभापति हेमकर्ण पौडेलले आफूले टिकट नपाएपछि कार्यकर्ताको दबाबका कारण सरकमा आन्दोलन गरेका थिए ।
आईतबार हेमकर्णले आफ्नो फेसबुकमा पद भन्दा पनि पार्टी ठूलो भएर आफूले पार्टीको केन्द्रले गरेको निर्ण मानेको बताएपछि ईटहरीका काँग्रेसी कार्यकर्ताहरु हर्शित हुंदै सयौंले फेसबुकमा लेकोको स्टाटस सेर, कमेन्ट र लाईक गरेहरुको ओईरो लाग्न थालेको छ ।
सुानसरीकै अर्को महत्वपूर्ण नगरी धरानमा भने यसरी टिकट पाउने पक्ष र नपाउने पक्षबीच मिलन हुन सकेको छैन । नेताहरु प्रयासमा लागेको स्रोतको दाबी छ । स्थानीय काँग्रेस नेताहरुले प्रशाई र पौडेल दुई नेतालाई तस्विर संगै राखेर खिच्न आग्रह गरेको केहि बेरमा हेमकर्णले आफ्नो फेसुबुकमा स्टाटस लेखेका हुन् ।

नेकपा एमाले इटहरीका उमेर्द्वार द्वारीकालाल चौधरी आफू काँग्रेस फुटेपछि मेयर बनौला भन्ने ध्याउन्नमा रहेका भएपनि पछिल्ले समयमा काँग्रेसीहरु मिलेपछि निर्बाचन हारिने भनेर पुनः फुट् ल्याउन पौडेललाई उचाल्न लागी परेको इटहरीका एक काँग्रेसी नेताले सुर्यखबरलाई बताए ।

हेमकर्णले फेसबुकमा स्टाटस लेखेर यसो भने:-