मनोरञ्जन

फेसबुकमा लाईभ सेक्स भिडियो, सरकारले किन बिशेष निगरानी राख्दैन

काठमाण्डौ । फेसबुक, ट्वीटर, ईमो, भाईबर, स्काईप, ह्वाट्स अप जस्ता सामाजिक संजालहरुको विकासले संसारलाई जति सांघुरो पार्दैछ त्यती बिकृति समेत बढाईरहेको यथार्थतालाई नकार्न सकिदैन ।

केहिदिनदेखि यस सुर्यखबर डट्कम् को फेसबुक पेजमा समेत बिभिन्न पोर्न साईटहरुको लाईभ भिडियो आउन थालेको छ । भारत हैदराबादबाट लाईभ गर्ने देखाउने उक्त भिडियोमा कहिले जनावरसंग कुनै केटीले सेक्स गरेको देखाउदछ त कहिले सुन्दर केटा र सुन्दरी केटीबीचको यौन सम्बन्धको भिडियो हेर्न सकिन्छ ।

पोर्न साईटहरु प्रतिबन्ध गरिएको मुलुक नेपालमा यस्ता साईटहरु हेर्ने रेबिशोरकिशोरीहरुको संख्यामा बृद्धिसंगै नेपालमा यस्ता साईटहरुको बिज्ञापन गर्न उक्त लाईभ गरिएको हुनसक्ने सामाजिक संजालमा अनुभब भएका सरोज खड्का बताउछन् ।

उक्त भिडिओमा साईटको नाम समेत उल्लेख गरिएको छ । यस्ता साईटहरुको लाईभ भिडियो आउनाले नेपाली समाजलाई नकारात्मक असर पर्नसक्ने हुंदा सरकार प्रहरीप्रशासनले निगरानी गरि रोक्ने उपाय अपनाउनु हितहोला, प्रहरी प्रधान कार्यालय, गृहमन्त्रालय र सरकारलै नै यस सम्बन्धमा बिशेष निगरान्ी राख्नु उपयुक्त हुने खाड्का बताउछन् ।

त्यसो त छिमेकी मुलुक भारतमा फेसबुक हेर्ने सरकारले छुट्टै निकायको स्थापना गरिसकेको छ । फेसबुक लगायतका समाजाजिक सञ्जालमा यस्ता लाईभ भिडियो आउनुभन्दा अगाडी विकृतिजन्य कुराहरु नभएका भने होईनन् । सामाजिक संजालको दुरुपायोग गरि कतिपय गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले कारबाही समेत गरेको समाचार आईरहेको छ ।

तर यस्तो लाईभ भिडियो मार्फत सेक्स भिडियो फेसबुकमा आउने कुरा भने अन्य दुरूपयोग भन्दा धेरै नै गम्भिर बिषय भएको हुंदा प्रहरीले बिशेष निगरानी राख्नु उपर्युक्त होला ।