राजनीति

उपसभापति, महामन्त्री र सहमहामन्त्रीमात्र होईन कुनैपनि सदस्य मनोनयन गरिएको छैन : नेपाली काँग्रेस

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का तथा सहमहामन्त्रीमा महेश आचार्यलाई मनोनयन गरेको भनी आएको समाचार गलत भएको नेपाली काँग्रेस पार्टीले जनाएको छ ।

उक्त समाचार फेसबुक, अनलाईन समाचारहरुमा आईरहेकातर्फ ध्यानाकर्षण भएको बताउदै काँग्रेस पार्टी कार्यालयका मूख्य सचिब कृष्ण चन्द्र पौडेलले कुनैपनि प्रकारको मनोनयन नभएको सुर्यखबरलाई बताएका छन् । नेपाली काँग्रेसका शुभेच्छुकहरुले अनलाईन पोर्टलहरुमा बिभिन्न समाचार आएपछि नियुक्ती भएका भनिएका तीन पदाधिकारीहरुलाई बधाई दिन थालेपछि उक्त कुरा बिबादमा आएको थियो ।

काँग्रेस पार्टीले आधिकारिक रुपमा कुनै कुराको विज्ञप्ती वा सूचना प्रवाह नगरीकन यस्ता प्रकारका समाचार सम्प्रेशण गर्नु गलत भएको बिश्लेशण गर्ने गरिएपनि शंकाको भरमा अफभाह फैलाउने कार्य रोकिन सकेको छैन ।