अन्तर्राष्ट्रिय

ब्रिटेनमा मत परिणाम यस्तो आउने संकेत !

एजेन्सी । ब्रिटेनमा बिहीबार मतदान सकिए लगत्तै प्रकाशित मत सर्वेक्षण (एक्जिट पोल) हरुले कुनै पनि दलको बहुमत नआउने संकेत गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुका सर्वेक्षण नतीजाहरुमा प्रधानमन्त्री टरीजा मेको कन्जरभेटिभ पार्टीले ३१४ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ।

त्यो साधारण बहुमत भन्दा १२ स्थान कम हो। त्यस्तै मुख्य विपक्षी लेबर पार्टीले २६६ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ।
उसले दुई वर्ष अघि भएको आम चुनावभन्दा ३४ स्थान बढी प्राप्त गर्ने अनुमान गरिएको छ।

यदि यी अनुमान सही ठहरिएमा नयाँ सरकार गठन गर्न दुबै दलहरुलाई अरु साना दलहरुको सहयोग आवश्यक पर्नेछ।