आर्थिक

प्रभू बैंकले सुबिधा उपलब्ध गराएबापत प्रति निबेदन रु १ मात्र लिने

काठमाण्डौ । प्रभु बैकले नेपाल धितोपत्र बोर्डबाट आश्वा सेवा संचालन गर्ने इजाजत प्राप्त गरेपछि माघ देखि आफ्ना सम्पूर्ण शाखाहरुबाट आश्वा सम्बन्धी सेवा संचालन गर्दे आएकोले कुनै पनि कम्पनीको धितोपत्र सार्वजनिक रुपमा निष्काशन हुँदाको बखतमा दरखास्त फारम लिने व्यवस्था भएको जानकारी गराएको छ ।

यस प्रणाली अन्र्तगत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजहरुको यस बैकमा भएको चल्ती, बचत वा कल खाता मा रोक्का राखी दरखास्तको निष्सा दिइनेछ र धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टा गरि बाँकी रकम सोही खातामा फुकुवा गरिने बैंकले भनेको छ । साथै १३४ वटा साखामा यसको सुबिधा छ ।

प्रभु बैकले यो सुविधा आफ्ना ग्राहकहरुलाई बैकको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध गराए बापत बैकले प्रति दरखास्त रु.१।– (एक रुपैयाँ मात्र) मात्र शुल्क लिइनेछ । यस बैकको शाखा कार्यालयहरुको ठेगाना तथा सम्पर्क पदाधिकारीहरुको विवरण बैकको वेवसाइट  www.prabhubank.com मार्फत जानकारी लिन सकिने बैंकले बताएकाे छ ।