पु.समाचार

अमेरिका पुगेका ७ नेपालीलाई केही दिनमै यसरी त्रिभुवन विमानस्थलमै ल्याएर झारियो !

काठमाडौं । मानव तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्टले सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर फर्केको हो ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, नेपालबाट भारत, कोलम्बीया, टर्की पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका सात नेपालीले त्यसका लागि ३० देखि ४० लाख रुपैयाँ खर्चेका थिए ।