राजनीति

मैले काँग्रेसको दबाबले राजीनामा दिएको होईन : प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले काँग्रेससंगको बिगतको सहमती अनुसार राजीनामा दिएको बताएक्ब छन् । संसदमा आफूलाई कुनैपनि प्रकारको  काँग्रेस र शेरबहादुर देउवाले दबाब नदिएको र दोस्रो चरणको निर्बाचन असार १४ गते कुनैपनि हालतमा गर्ने भन्ने कुरामा भएको सहमती कार्यान्वयन होसभन्ने बताएका छन् ।

भरतपुरमा भएको मतगणनाको बिषयलाई लिएर गरेको सदन अबरोधले एमालेलाई हानी गरेको बताउदै, प्रधानमन्त्री निर्बाचनको निर्बाचन अनावश्यक ढिला भएको बताउदै भरतपुर माहानगरपालिकामा मत पत्र च्यात्ने घटना दुःखद भएको भनेपनि निर्बाचन आयेगलाई बोलाएर कानुन अनुसार जे गर्न मिल्छ त्यही गर्नुस भनेको थिए ।

दोस्रो संबिधानसभा निर्बाचनमा अनपेक्षीत संबिधानसभा निर्बाचन परिणाम आएपछि हाम्रा केही अहिले पार्टी छाडेका मित्रहरुले मतपत्र जलाउ भन्ने आदेस दिदा पनि मैले राती दुई बजे पार्टीको प्रमुखको हैशियतले मतपत्र च्यात्ने र जलाउने भन्दा बरु छाड्दिउ बिरोधको रुपमा मतपत्र च्यात्नु हुंदैन भन्ने म नै एउटा इमान्दार ब्यक्ती हुं ।

प्रतिपक्षी दलका नेता ओलीलाई ईकित गर्दै भरतपुरको एउटा वडाको घटनालाई जोडेर पुष्पकमल दाहालले लोकतन्त्रलाई मोन भन्ने आरोप लगाउनु गलत हुन्छ । कुनै एउटा घटनालाई जोडेर आफ्नी छोरीलाई जिते पनि जितेउ हारेपनि जितेउ अब राष्ट्रिय रुपमा तिम्रो एक प्रकारको छबि बन्यो भन्ने कुरा गरेको थिए ।

आफूले पहिलेदखि नै पटक पटक निर्बाच हुनुपर्छ कसले जित्छ र कसले हार्छ भन्ने कुरा फरक कुरा हो भन्ने गरेको छु, यो कुरा मेरो बनावटी होईन, प्रतिपक्षी दलका नेताले लगाएको आरो गलत छ, प्रतिपक्षी दलका नेतालाई राजनीतिक रुपमा प्रश्तुत हुन आग्रह गर्दै २८३ वटा ईकाईको भन्दा भरतपुरको निर्बाचनमा केन्द्रीत निर्बाचन हुन्छ भन्ने आफूलाई बिश्वास लागेको बताएका छन् । त्यहा अदालत, निर्बाचन आयोग, जनता र अन्तर्राष्ट्रिय क्षेत्रको आँखा गएकाले त्यँहा पारदर्शी निर्बाचन हुनेमा शंक नभएके बताएका थिए ।

निर्बाचन सार्ने कुरा प्रतिपक्षी दललाई जानकारी दिईएन भन्ने कुरा गलत भएको बताएका छन् । अन्तिम समयमा पनि सत्ता पक्ष, प्रतिपक्षी दलहरु र मधेशबादी दलहरुबीच छलफल गरेर सबैलाई निर्बाचनमा ल्याउन पहल गरिरहेको छ, वहाँहरु निर्बाचनमा जानुहुन्छ र प्रतिपक्षी दलहरुले पनि त्यो भूमिकबा खेल्नुहुन्छ भन्ने आफूलाई लागेको बताएका छन् ।

 आम जनताले प्रचण्ड बसे हुन्थ्यो भन्दापनि आफ्नो ईमान्दारीताका लागी आफूले राजीनामा दिएको बताउदै सबै मिलेमा राष्ट्र समृद्ध हुने अनुभब आफू १० महिना प्रधानमन्त्री हुंदा भएको, र नयाा नेपाल हाम्रो आफ्नै समयमा सम्भब भएको बताए ।