राजनीति

ओलीले भन्छन्, ‘भरतपुरमा माओबादीले हार स्वीकार गरेर मतपत्र च्याते !’

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले पहिलो चरणमा भएको निर्बाचनमा धाँधली गरेको, मतगणना केन्द्र कब्जा गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री निर्बाचनका लागी प्रहरीले १७ गते हेटौंडा उच्च अदालतमा हालिएको मुद्धाको बिषयमा कुरा उठाउदै प्रमुख निर्बाचन आयुक्त सुनियोजित षढ्यन्त्रमा फसेको बताएका छन् । निर्बाचनको मतगणना गर्दा मतपत्र कब्जा नभई च्यातेको हुंदा कानुन बमोजीम काम नभएको बताएका छन् । मूख्य निर्बाच अधिकृतले भरतपुर मतगणनालाई गलत मोडमा लान खोजेको बताएका छन् । उनले ५१ को को ग् अनुसार च्यातिएका मतपत्रलाई हटाई बाँकी मतपत्र गन्ने ब्यबस्था अनुसार गर्नुपर्नेमा त्यो भएन । यसमा उनले श्रीलंका र भारतको खेलको तुक्का जोडेर बुझाउन खोजेका थिए ।

कुनै समाचारमा सभामुख ओनसरी घर्तीले ‘केपी ओलीको  झाँको झारिन’ भन्ने मिडीयाले लेखेको बिषयमा आएके समाचारको बिषयमा सभामुखको ध्यानाकर्षण गरेका छन् । ती भरतपुरमा च्यातीएक मतहरु सबै एमालेका भएको दाबी गर्दै, ती च्यातिएका मतपत्र रद्द गरी मतपत्र गन्नुपर्ने दोहोर्याएका छन् ।
मतपत्रको रक्षा गर्ने काम सरकार, निर्बाचन आयोगको भएको र माओबादीले जनमतप्रति अपमान र अस्विकार गरेको बताएका छन् ।

पुनः मतदान गर्ने कार्यमा लागे लोकतन्त्र खतरामा पर्ने दाबी गरे । मतपत्र च्यात्नेलाई उमेर्द्वारी खारेज गर्नेसम्मका कानुनहरु बनाउनुपर्ने धारणा ब्याक्त गरेका छन् । ओलीले हुनलागेका पधानमन्त्री शेरबहादुर देउवासंग यसको जवाफ दिएका छन् । नेपाली काँग्रेस मतपत्र च्यातेको बिषयमा केहि नबोलेको बिषयमा असन्तुष्टी प्रकट गरेका छन् ।

माओबादी केन्द्रका अध्यक्षलाई सोध्दा पनि उनले उत्तर नदिएको बरु कानुन बमोजीम गर्नु भन्ने उत्तर दिएको, त्यसका लागी दण्डीत र पुरस्कार दिने नगरेको बरु मतपत्र च्यात्नेलाई खादा लगाएर पुरस्कृत गर्ने कार्य गरेको बताए ।
प्रधानन्यायाधीशलाई माहाअभियोग लगाउने, प्रहरी आईजीपीमा अनावश्यक राजनीतिकरण गर्ने , राज्यका संबैधानिक आयोगहरुलाई स्वतन्त्र दिने कि नदिने भन्दै निर्बाचन आयोगले उपर्युक्त फैसला दिननसकेको बताए । प्रधानमन्त्रीको निर्बाचन गर्नुपर्ने अतिआवश्यक भएको र सम्मानित सर्बोच्च अदालतमा केश गएकाले हामीले संसदको गरिबिधिलाई सहयोग गरेको बताएका छन् ।

लोकमानसिंह कार्कीलाई हटाउन माहाअभियोग बाहेक अरु बाटा थिएनन्, नेपाली काँग्रेसले लोकमालाई हटाउने कुरामा स्पष्ट धारणा राख्न सकेन तर प्रधानन्यायाधीशलाई माहाअभियोग लगाउने गैरसंबैधानिक कार्य गर्नु गलत गरेको बताए ।

एमालेलाई मधेशबिरोधी भनेर लगाईएको आरोप गलत भएको र एमाले राष्ट्रिय पार्टी भएको बुझ्न आग्रह गरे । यो मधेश पाहाड सबै ठाँउको पार्टी हो ।

काँग्रेसले जनताका लागी काम गर्न नसकेर महन्थ ठाकुर, जेपी गुप्ता, शरद सिँह भण्डारी लगायतकाले पार्टी छाडेको बताउदै एमालेबाट पनि मधेशसंगको सम्झौता नमानेको आरोपमा पर्टी छाडेको स्वीकार गरेका छन् । ०५५ साल कार्तिक २७ गते काँग्रेसका नेता अर्जुननरसिंह केसीले, ०६४ साल भदौ १३ गते नेपाल सरकारको तर्फबाट रामचन्द्र पौडेलले उपेन्द्र यादबसंग, ०६४ साल फाल्गुण १६ गते गिरिजाप्रसाद कोईरालाले सम्झौत गरेको थियो भनेका छन् । सम्झौताहरु एमालेले नगरेको र गरेका सम्झौताहरु पालना गर्ने बिचार राखेका छन् । प्रायः सम्झौताहरु सबै काँग्रेसलै नै गरेको र सम्झौता पालना समेत काँग्रेसले नै नगरेको आरोप लगाएका छन् ।

५१४ वटा पदक बाँढ्दा काँग्रेस र माओबादीले मधेशका भागमा ५४ वटा मात्र दिएको थियो । त्यो ५४ वटा पनि चारो फ्ंयाकेजस्तो साधारणमात्र दिएको आरोप लगाउदै मधेशीको समर्थन जुटाउने प्रयास गरेका छन् ।

नेकपा एमलेका अध्यक्ष ओलीले संसदमा बोल्दै उक्त कुराहरु बताएका हुन् ।