राजनीति

बने देउवा दुईतिहाई मतले प्रधानमन्त्री, रोक्न खोज्ने एमालेलाई यसरी बनाईदिए हिस्स

काठमाण्डौ । केहिबेरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधनमन्त्री बन्दैछन् । देउवालाई प्रधनमन्त्री बन्नबाट रोक्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अनेकौ प्रयास गरेपनि आखिरिमा सफल हुन सकेन । एमलेले रोक्न खोज्दा देउवा दुईतिहाईको उपप्रधानमज्न्त्री बन्ने निश्चित भएको छ, सोमबार नै देउवाका पक्षमा ३९१ जना सांसदहरुको समर्थन थियो भने मंगलबार केहि बढेको देउवा निकट स्रोतको दाबी छ ।

प्रधानमन्त्री निर्बाचित हुनेबित्तिकै शेरबहादुर देउवाले महेश आचार्यलाई अर्थमन्त्रालय र शानेन्द्र कार्कीलाई भौतिक पुर्बाधार तथा निर्माण मन्त्रालय दिने छन् । प्रधानमन्त्री देउवालाई राजपाले पनि तीन बुंदे सहमती गरेर समर्थन गरेपछि दुईतिहाई मतले देउवालाई जितेको छ ।
डेढ दशकभन्दा अगाडी अर्थमन्त्री बनिसकेका आचार्य अर्थमन्त्रालय सम्हाल्न ज्यादै अनुभबी मानिन्छन् । आचार्य रामचन्द्र पौडेल पक्षीय भएपनि शेरबहादुर देउवासंग समेत राम्रो सम्बन्ध भएका नेता हुन् । देउवापक्षमा राम्रो हैसियत भएक पुरानचा अनुभबि काँग्रेस नेता ज्ञानेन्द्र बाहादुर कार्की कार्यकर्तामाझ लोकप्रीय नेतामा पर्छन् । उनी पनि पहिलोपटक बन्ने देउवा सरकारको सानो मन्त्री परिषदको भाग्यमानी सदस्यमा पर्दैछन् ।
पार्टीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कुराकानी गरेर संयोजनकारी भूमिका खेल्न सक्ने नेताका रुपमा परिचित नेता कृष्ण सिटौला वा देउवाको पुरानो सहयात्री गोपालमान श्रोष्ठ मध्ये एकलाई उपप्रधनमन्त्री दिने छन् भने माओबादी केन्द्रले उपप्रधनमन्त्रीमा कृष्णबहादुर महरालाई पठाउने छ । सिटौ
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ९ महिना प्रधानमन्त्री दिने र त्यसपछि ९ महिना शेरबहादुर देउवा हुने भन्ने पर्ब सहमती अनुसार माओबादी केन्द्रको मूख्य समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको सभापति, संसदीय दलको नेता रहेका शेरबहादुर देउवा मुलुकमा ठूलो राजनीतिक संघर्षबाट स्थापीत भएका नेता हुन् ।