समाचार

काँग्रेस नेता स्व. आचार्यका सन्तानका लागी १९ लाख अक्षयकोष

पोखरा । नेपाली काँग्रेस, कास्कीका उपसभापति स्व हरि आचार्यका सन्तानको पठनपाठनका लागि रु ११ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ ।

स्व आचार्यको १३ औँ दिनको स्मृतिसभाका दिन सोमबार नेपाली काँग्रेस, कास्कीको तर्फबाट उहाँका दुई छोराछोरीको लालनपालन र पठनपाठनका लागि रु पाँच/पाँच लाख गरी दस लाख र काँग्रेस वडा नं ११ एकाइ समितिबाट रु एक लाख गरी रु ११ लाखको अक्षयकोष स्थापना गरिन लागिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

अक्षयकोषबाट आउने ब्याजबाट गत जेठ १० गते हृदयाघातबाट निधन हुनुभएका पार्टीका युवा नेता स्व आचार्यका १० वर्षीया छोरी श्रेया र चारवर्षीय छोरा रीतिशको पठनपाठनमा खर्च गरिनेछ ।

उहाँको ४५ औँ दिनको पुण्यतिथिका दिन उक्त रकम हस्तान्तरण गरिने सदस्य सिग्देलले बताए । स्व. आचार्यको १३ औँ दिनको स्मृतिसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले स्व आचार्य पार्टीको एक कर्मठ, निष्ठावान् र त्यागी कार्यकर्ता भएको धारणा राखेका थिए ।  ।