राजनीति

यस्ता छन् प्रमुख ३ दलबीच भएका ४ बुँदे सहमति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चारबुँदे सहमतिपछि संसद् खोल्न प्रतिपक्षी एमाले तयार भएसँगै मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुँदै छ । मंगलबार दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ भन्दै नयाँ पत्रिकामा समाचार लेखिएको छ ।

दलबीच भएको चारबुँदे सहमति
१. १४ असारमै दोस्रो चरणको निर्वाचन:
कांग्रेस, एमाले र माओवादी केन्द्रबीच स्थानीय तहको दोस्रो चरणको निर्वाचन १४ असारमै गर्ने सहमति भएको छ ।
२. प्रदेश केन्द्रको निर्वाचन समयमै गर्ने:
संविधान कार्यान्वयनका लागि आगामी ७ माघभित्रै प्रदेश र केन्द्रको निर्वाचन गराउने विषयमा पनि तीन दलले पुनः प्रतिबद्धता गरेका छन् ।
३. धाँधलीबारे प्रतिवेदन पर्खने:
१३ जेठमा नै संसद्मा ‘स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । समितिले दिने प्रतिवेदनका आधारमा आगामी निर्वाचनलाई थप मर्यादित बनाउन तीन दल सहमत भएका छन् ।
४. प्रतिपक्षीले संसद् अवरोध खुलाउने:
अन्य समझदारीसँगै एमाले संसद् खोल्न सहमत भएको छ ।