पु.समाचार

राष्ट्रिय जनता पार्टीभित्र चर्को विवाद

काठमाडौं । नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन ।  प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि बैठक अनिर्णीत भएको हो ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, राजपा एक उच्च नेताले भने, ‘महेन्द्र यादवजी स्थानीय चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ । अरु केही नेताको पनि त्यस्तै भावना छ । उहाँहरुलाई अरु कसैले प्रभावित पारेको हो कि भन्ने हाम्रो आशंका छ ।’