राजनीति

गगन थापालाई देउवा सरकारमा पुनः मन्त्री नबन्न आग्रह गर्दै नेबिसंघका नेता बमले लेखे यस्तो चिठी!

काठमाण्डौ । नेबिसंघका केन्द्रीय सदस्य अजुन बमले स्वास्थ्यमन्त्री गगनकुमार थापाप्रति असहमती जनाउदै केहि सुझाबहरु दिएका छन् । मुलुकको विकट जिल्ला कालीकोटका युवा बमले स्वास्थ्यमन्त्री समेत रहेका गगन कुमार थापाको बिरोध भन्दा पनि उनलाई महत्वपूर्ण हुन सक्ने केहि सुझाबहरु दिएका छन् ।
नेपाली जनताको आशाको केन्द्रबिन्दु रहेका काँग्रेसका युवा नेता गगन कुमार थापा मिडियामा सेलेब्रेटी भएपनि जनताका खास काम गर्न नसकेकोमा असन्तुष्टी जनाउदै नेबिसंघका नेता बमले गगन कुमार थापाले अब बन्ने पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने

  -अर्जुन बम (केन्द्रीय सदस्य नेबिसंघ)

सरकारमा समेतसामेल हुने ईच्छा प्रकट गरेपछि केहि आफ्ना अनुभबहरु समेत समाबेश गर्दै उनलाई मन्त्री नबन्न आग्रह गर्दै असन्तुष्टी पोखेका छन् । असन्तुष्टी किन र केका लागी पोखेका हुन कालिकोटका युवा अर्जुन बमलाई नै थाहा होला वा बमको सुझाब युवा नेता थापाले कत्तिको सुझबको रुपमा लिन्छन् त्यो गगन थापाले नै लिने कुरा हो तर बमले फेसबुकमा राखेको असन्तुष्टी यस्तो छ ।

नेपाली काँग्रेसका युवा नेता आदरणिय दाजु गगन कुमार थापा ज्यु!

हार्दिक जय नेपाल तपाई प्रति धेरै नेपालको भर छ। भरलाई झन उच्च पार्नु भएको छ त्यसको सबैले स्वागतयोग्य गरेका छन्। म जस्ता धेरै युवाको आस थपिएको छ। तर आज म सुन्दै छु।
मलाई माफ गर्नु होस् दाजु आज जुनसुकै मिडियामा आई रहेको छ। म फेरि पनि मन्त्री हुन चाहान्छु भन्ने कुरा आएकोमा मेरो अलिकति मतभेत देखियो१ हुनुत म एउटा विकट क्षेत्र कालिकोट जिल्ला पलाताको युवा हो१ त्यसैमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य नि छु।त्यसै म लेख्दै छु। तपाई स्वास्थ्यमन्त्री हुनुभयो धेरै समस्य सावधान पनि भए सहरमा तर मेरो गाउँ को व्यथा उस्तै छ। परिवर्तन नि भएको छैन। आदरणिय दाजु हुन त धेरै ठाउँ धेरै परिवर्तन भयो । स्वास्थ्य सेवा पनि सबैले पाए होलान्। तर मलाई त्यस्तो अनुभूती भएजस्तो लागेन। तपाईलाई सम्झाउन चाहे दाजु, पुष महिनाको कुरा हो। तपाईलाई भेट्न तपाईंको घरमा पुगेको थिए, कारण थियो, नेपाली काँग्रेस कालिकोटका पुराना नेता तथा पुर्व गाविस अध्यक्ष आदरणिय पलाताका अभिभावक सुर्जिम बम सिकिस्त बिरामी भएर कालिकोटको गाउँबाट लिएर सिनामंगलस्थित काठमाडौ मोडल हस्पिटलमा राखेर तपाई सामु पुगेको थिएँ । धेरै आस लगेर तर तपाई बाहिर निस्कन हतारमा हुनुहुन्थ्यो। मैले बाटैमा भेटें अनि मेरो समस्या बताएँ। तर हजुरबाट जुन आस लागेर गएको थिएँ।त्यही आस निराश भए फर्कें। त्यसको केहि दिनपछि हामीले आदरणिय अभिभावक गुमाएउ । हामीले दाजु त्यसै कारण उहाँको कमिले पलाता गाउँ पालिका काँग्रेस हार्नु बेहोर्नु परो । न स्वास्थ्य सुबिधा गाउँमा छ। न हामीलाई सहरमा । ठिक छ जेछ, राम्रो छ, मिडियामा फेरि मन्त्री बन्ने चाहाना आइ रहेको छ। दाजु तपाई जस्तो ब्यक्ति पदको लोभि नबनुहोस् मेरो आग्रहछ।
अब तपाई होइन अरु युवा बनाउन लाग्नु होस्।