समाचार

मूख्य सचिव हुने लाईनमा चुडामणी शर्मा भ्रष्टाचारमा पनि अगाडी, आज म्याद थपका लागी हाजिर गराईयो

काठमाण्डौ । आन्तरीक राजश्व बिभागका महानिर्देशक सहसचिव चुडामणी शर्मालाई म्याद थपका लागी जिल्ला अदालत ल्याईएको थियो । बिशेष अदालतमा हाजिर गराउदा सांरकर्मीसंगको छोटो कुराकानीमा शर्माले आफूलाई पक्रनु संसद र सरकारको अपमान भएको प्रतिकृया दिएका छन् ।

२० करोड भन्दा बढी राजश्व छुट दिएको लगायत कर पछ्यौट सम्बन्धी मुद्धामा अख्तियार दुरुपयोग अनुसंधान आयोगको अनुसन्धान घेरामा परेका शर्मा सधैं पावरको वरिपरि घुमेर आकर्षक सरकारी अड्डामा सरुवा गरि बस्ने कर्मचारी मध्ये एक थिए ।

सुनसरी, ललितपुर, काठमाण्डौ जिल्लामा प्रमुख जिल्ला अधिकारी भई काम गरिसकेका शर्मा आन्तरीक राजश्व बिभागको प्रमुख हुनुभन्दा अगाडी सम्पती शुद्धिकरण अनुसंधान बिभागको प्रमुख भएका थिए । सम्पती सुद्धिकरणको प्रमुख हुंदा शर्माले चालिसे थरका अधिकृतलाई १० लाख रुपैंयाँ घुस माग्न ललितपुर पठाएकोमा बिबादमा परेका थिए । चालिसे अहिले अख्तियारको मुद्धा खेपिरहेका छन् ।

तत्कालीन अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख लोकमानसिंह कार्कीसंग उठबसको सम्बन्ध भएका कारण चुडामणी शर्मा त्यसबेला कारबाहीबाट बचेको बिश्लेशण गर्ने गरिन्छ । अख्तियारको हिराशतमा ३ दिनबाट रहेका शर्मा सहसचिब मध्ये सिनियर थिए र मूख्य सचिब हुने लाईनमा थिए भन्ने कर्मचारीबृतमा कुराकानी भएपनि पछिललो समयमा भ्रष्टाचारमा पनि अघि देखेर अख्तियारको छानबिनमा परेका छन् ।