पु.समाचार

डा.रुइतले राखे नेपालको इज्जत,यसरी संसारका सय व्यक्तिमा उनको नाम छानियो !

काठमाण्डौ । संसारका विश्वविख्यात दुुरदृष्टि राख्ने सय व्यक्तिहरुमा नेपालका डा.सन्दुक रुइत पनि परेका छन् । अल्वर्ट आइन्स्टाइन फाउन्डेसनले विश्वव्यापी दुरदृष्टि राख्ने व्यक्तिहरुमा डा.रुइतलाई समेत मनोनयन गरेको हो ।

विश्वविख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्त सय वर्ष पुगेको अवसरमा आगामी पुस्ताका प्रतिाशाली मस्तिष्कलाई प्रेरित गर्न सो फाउन्डेसनले उक्त कदम चालेको जनाएको छ ।

डा. रुइतले उक्त मनोनयनलाई स्वीकार गर्दै भने, ‘यो हामी नेपालीहरुका लागि गौरवको कुरा हो ।’ फाउन्डेसनले मनोनय गरेका व्यक्तिहरुमा विभिन्न क्षेत्रमा स्थापित व्यक्तिहरु जस्तै वैज्ञानिक, फिल्म निर्माता, साहित्यकारहरु, सांगीतिक क्षेत्रका व्यक्तित्वहरु लगायत रहेका छन् ।